बलिउड चलचित्र 'झुंड' को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता अमिताभ बच्चन देखिएका छन् । चलचित्रमा अमिताभ एक रिटायर्ड स्पोर्ट प्रोफेसरको भूमिकामा छन् जो झोपड़पट्टीका बच्चालाई फुटबल सिकाउँछन् । चलचित्रलाई मराठी निर्देशक नागराजले निर्देशन गरेका छन् । उनको यो बलिउडमा डेब्यु निर्देशन हो । यसलाई भूषण कुमार, कृष्ण कुमार, राज हिरमथ, सविता राज हिरमथ, नागराज मंजुले, गार्गी कुलकर्णी र मीनू अरोराले निर्माण गर्दै छन् । चलचित्रको रिलिज मिति भने सार्वजनिक गरिएको छैन । चलचित्र विजय बरसेको जीवनमा आधारित रहेको छ भने अमिताभका साथमा रिंकू राजगुरू, आकाश ठोसरको पनि मुख्य भूमिका रहेको छ ।