अमेरिकाका चर्चित लोकगायक तथा रचनाकार डेविड ओल्नेको मृत्यु भएको छ । ७१ वर्षीय डेविडको गाउँदागाउँदै स्टेजमै मृत्यु भएको हो । अमेरिकाको फ्लोरिडामा आयोजित सङ्गीत महोत्सवमा गीत गाउँदागाउँदै उनले अन्तिम सास फेरेका थिए । उनको हृदयाघातका कारण मृत्यु भएको ब ताइएको छ । गीत गाउँदै गर्दा बिचमै रोकिएर 'मलाई माफ गर्नुहोस्' भ नि मुन्टो निहुराएका थिए । त्यस पछी उनि यस संसारबाट सदाको लागी बिदा भए । उनले आफ्नो गितार हात बाट खस्न नदिएको उनका सहकर्मी स्कट मिलरले ब ताएका छन् । २० वटाभन्दा बढी एल्बम सार्वजनिक गरेका उनि अमेरिकाका निकै मन पराइएका लोका गायक हुन् ।