सौरभ चौधरीको निर्देशनमा बनेको चलचित्र ‘लभ डायरिज’को ट्रेलर रिलिज भएको छ । सोमवार एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । नायक सुशील श्रेष्ठ र नव–नायिका रुविना थापाको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलरमा दुई बिचको प्रेम देखाइएको छ । फागुन २ गते रिलिज हुने चलचित्रको ट्रेलरमा दुई बिचको प्रेम, रोमान्स र बिछोडलाई समावेश गरिएको छ । सोमवार आयोजित ट्रेलर रिलिज कार्यक्रममा उपस्थित रहेका सुशील र रुबिनाले उनीहरूको प्रेम जीवन र भोगाइको विषमा अनुभव साटेका थिए । साथै चलचित्रको केही अंश आफ्नो जीवनमा पनि मेल खाने उनीहरूको भनाइ छ ।

चलचित्रमा सुशील र रुबिनाको अलावा विश्व जित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । सौरभ चौधरीको निर्देशन रहेको चलचित्रमा शाहील खान सह-निर्देशकको रूपमा रहेका छन् । विनोद सापकोटा निर्माताको रूपमा रहेको चलचित्रमा सरोज तुलाधर सह-निर्माताको रूपमा रहेका छन् ।