चलचित्र 'जवानी जानेमन' को पोस्टर रिलिज भएको छ । सैफअली खानको मुख्य भूमिका रहेको चलचित्रको पोस्टरमा सैफलाई फरक रोचक अवतारमा प्रस्तुत गरिएको छ । पोस्टरमा अर्धनग्न सैफको नजिक अभिनेत्री आलिया बेदीलाई देख्न सकिन्छ जो सुटकेस माथि बसिरहेकी छिन् । उनी उत्सुक मुद्रामा छिन् । जनवरी ३१ मा रिलिज हुने चलचित्र जवानी जानेमन मा सैफसँगै तब्बु पनि मुख्य भूमिकामा छिन् । नितिन कक्कडले निर्देशन गरेका यस चलचित्रमा सैफ आलियाको बाबुको भूमिकामा देखिनेछन् । आलियाको बाबु बन्न उनले ११ किलो वजन घटाएका थिए । सार्वजनिक पोस्टरले चलचित्र कमेडी जनरामा बनेको अनुमान लगाउन सकिन्छ ।