गायक आर्जन पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको स्वर रहेको 'डलर' बोलको गीत सोमवार सार्वजनिक भएको हो । गीतमा नवराज कलौनीको शब्द र राजेन्द्र भट्टको सङ्गीत रहेको छ । सार्वजनिक गीतको भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी, आश्मा विश्वकर्मा, आर्जन पाण्डे र नायिका वर्षा राउतको अभिनय रहेको छ । भिडियोमा सरोजको जोडी आश्मा र आर्जनको जोडी वर्षा बनेर अभिनय गरेका छन् । म्युजिक भिडियोको छायाङ्कन नवराज उप्रेतीले गरेका हुन् भने इन्टेन्स्ड इल्डको सम्पादन रहेको छ ।