झरना थापाको निर्देशनमा बन्ने चलचित्र 'ए मेरो हजुर ४'को लागी कलाकार फाइनल गर्ने काम भइरहेको छ । गत वर्ष प्रदर्शनमा आएको 'ए मेरो हजुर ३'बाट दर्शकको अपार माया पाएपछि झरनाले चलचित्र 'ए मेरो हजुर ४' को निर्माण गर्ने भएकी हुन् । 'ए मेरो हजुर' शृङ्खलाको चौथो भागमा तेस्रो भागमा अत्यधिक रुचाइएको जोडी अनमोल केसी र सुहाना थापा दोहोरिने पक्का भैसकेको छ । भने चलचित्रको लागी अर्का कलाकार पनि फाइनल भएका छन् । चलचित्रमा दोस्रो र तेस्रो सिरिजमा मुख्य भूमिकामा देखिएका अभिनेता सलोन बस्नेत फाइनल भएका हुन् । अर्ग्यानिक अभिनय र प्रस्तुतिको कारण दर्शकले निकै मन पराएका सलोन 'ए मेरो हजुर' सिरिजमा तेस्रो पटक सहकार्य गर्दै छन् । यस बारे सलोनले जानकारी दिँदै तेस्रो पटक पनि आफू यस टिमसँग सहकार्य गर्न पाउँदा खुसी भएको बताएका छन् । उनले दोस्रो सिरिजमा सलीन मान बनियासँग र तेस्रोमा अनमोलसँग सहकार्य गरेका थिए भने फेरी उनलाई अनमोलकै साथमा देखिने भएको हो ।

चलचित्र फागुन १३ बाट छायाङ्कनमा जाने छ भने चलचित्रको स्क्रिप्ट फाइनल नभएका कारण आफ्नो भूमिकाको बारेमा अहिल्यै केही भन्न नसक्ने सलोनले बताएका छन् । सुहाना फिल्मस्को ब्यानरमा सुनिल कुमार थापाले निर्माण गर्ने फिल्मको अहिले स्क्रिप्टलाई अन्तिम रूप दिने काम भइरहेको बताइएको छ । फिल्मको कथा अघिल्लो शृङ्खलाभन्दा फरक हुने छ । आगामी माघबाट छायाङ्कन सुरु गरिने चलचित्र अर्को वर्षको दसैँको छेकोमा प्रदर्शन हुने सम्भावना रहेको छ ।