गएको हप्ता नेपाली रजतपटको लागी उपलब्धि मूलक नै रह्यो । चलचित्र सम्बन्धी विविध कार्यक्रम अनि चलचित्रका प्रचारप्रसार सामाग्री रिलिज, यिनै बिच नेपाली रजतपटको गत हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।  

चलचित्र 'सेन्टी भाइरस'को ट्रेलर सार्वजनिक भएको छ । हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गरेको चलचित्रको ट्रेलर बुधवार सार्वजनिक गरिएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण अभियानका लागि बनाइएको भनिएको चलचित्रको ट्रेलरमा रङ्गशाला को प्रचार गरिएको छ । ट्रेलरमा राजनीति, सामाजिक संरचना, पारिवारिक द्वन्द्व र राजनीतिले कसरी एउटा व्यक्तिको व्यक्तिगत जीवनमा उतारचढाव ल्याउँछ भन्ने देखाइएको छ ।

सोमवार प्रहरीको सम्पर्कमा आएकी गायिका आस्था राउतलाई जिल्ला अदालत काठमाडौँले चार दिन म्याद थप गरेको थियो । अनुसन्धानका लागी प्रहरीलाई चार दिन म्याद थप गरिएपछि उनी अब चार दिन प्रहरी हिरासतमै बस्नुपर्ने भनिएको थियो । तर राउतलाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आदेश दिएको छ । मंगलबार भएको थुनछेक बहसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिए । त्यसपछि सो आदेशअनुसार धरौटी बुझाएर आस्था रिहा भएकी हुन् ।

चलचित्र ‘षट्कोण’ को प्रदर्शन मिति घोषणा गरिएको छ । सरस्वती पूजाको अवसर पारेर निर्माण टिमले बिहीबार प्रदर्शन मिति सार्वजनिक गरेको हो । योसँगै चलचित्र आगामी वर्षको वैशाख १९ गते प्रदर्शनमा आउनेछ । मिलन डी. काप्रीको निर्देशन रहेको फिल्मको पोस्टरमा आत्महत्या गर्नका लागि रुखमा डोरी बाँधिएको देख्न सकिन्छ जसको मुनी एक व्यक्ति उभिएका छन् ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को तेस्रो गीत सार्वजनिक भएको छ । बिहीबार ‘कसम कसम’ बोलेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । गीतमा सुगम पोखरेलको स्वर, दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको छ । चलचित्रको सार्वजनिक गीतको भिडियोमा चलचित्रका प्रमुख अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मासँगै मोडल अलिशा शर्मा फिचर्ड छन् ।

 

 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

निर्देशक दीपेन्द्र लामाको निर्देशनमा नयाँ चलचित्र ‘२ नम्बरी’ निर्माण हुने भएको छ । चलचित्रमा  दयाहाङ राई र पल शाह सहकार्य गर्दै छन् । आ-आफ्नो जेनेरेसनमा एउटा छुट्टै पहिचान र दर्शकको मन जितेका यी दुई अभिनेता चलचित्रमा साथीको भूमिकामा देखिँदै छन् । पहिलो पटक स्क्रिन साझेदारी गर्न लागेका दुवै अभिनेता उत्साहित भएको बताउँछन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोगार्थ ग्वस्वारा हुलाक कार्यालयले सहयोग हस्तान्तरण गरेको छ । हुलाकका कर्मचारीले केही दिनको खाजा खर्च कटाएर सङ्कलन गरेको रकम बुधवार ‘धुर्मुस सुन्तली फाउन्डेसन’का अध्यक्ष तथा कलाकार सिताराम कट्टेललाई हस्तान्तरण गरियो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै सितारामले यसरी सहयोग जुट्दा आफूलाई थप जिम्मेवारी बोध हुने बताए ।

गायक सुगम पोखरेलको सातौँ गीति सङ्ग्रह (श्वेत हंसिनी ) मा समावेश शीर्ष गीत सरस्वती वन्दना सार्वजनिक गरिएको छ । सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शब्द तथा सङ्गीत गायक सुगम कै रहेको छ । भने सङ्गीत संयोजन शैलेन्द्र बाबु प्रधानले गरेका छन् । पछिल्लो समय आफ्नो गीत सङ्गीतमा फरक फरक पन दिइरहेका सुगमको यस गीत पनि फरक रहेको छ ।

देव कुमार श्रेष्ठ निर्देशित फिल्म ‘दि कर्मा’ को च्यारिटी सो सम्पन्न भएको छ । यही शुक्रवारबाट देशैभर प्रदर्शनमा आउन लागेको एक्सन लभ स्टोरी चलचित्रमा परमिता आरएल राणाको मुख्य भूमिका रहेको छ । मङ्गलवार विग मुभिजमा आयोजित च्यारिटी सो नेपाल चलचित्र कलाकार सङ्घको सहयोगार्थ गरिएको हो । च्यारिटीशो बाट सङ्कालीत रकम कलाकार संघलाई प्रदान गरिएको निर्माता जय राज रायले बताए । च्यारिटी शोमा चलचित्र निर्देशकदेखि कलाकारहरू सम्पूर्ण उपस्थित भएका थिए । भने चलचित्र हेर्न पुगेका कलाकार र दर्शकले चलचित्र राम्रो बनेको बताएका छन् ।

 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति पक्का भएको छ । उनीहरू यही फागुन १७ गते वैवाहिक जीवनमा बाँधिँदै छन् । विवाहको लागी टिका टाला गरेको पनि दुई वर्ष पछि उनीहरू को विवाहको मिति तोकिएको हो ।

चलचित्र 'म​न प​रेसी' को शुभ मुर्हत गरिएको छ । बिहीबार बिहान भद्रकाली मन्दिर परी सरमा चलचित्रको मुर्हत गरियो । चलचित्रको मुर्हतमा चलचित्रमा नायिका पूजा शर्मा र आकाश श्रेष्ठ उपस्थित भएका थिए । एक पछि अर्को चलचित्रमा देखिइरहेका पूजा आकाशको जोडी यस चलचित्रमा पनि रोमान्स गर्दै छन् । एक्सन लभ स्टोरी जनरामा निर्माण हुने चलचित्रमा पूजा आकाशका साथमा कालु राणा रबिन्द्र झा बुद्धि तामाङको पनि अभिनय रहने छ ।

हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गरेको चलचित्र 'सेन्टी भाइरस' यही फागुन ९ गते देखि प्रदर्शनमा आउँदै छ । केही समय अघि 'फनफनी' बोलको गीत सार्वजनिक गरिएको चलचित्रको यति बेला प्रचारप्रसार कार्य अघि बढिरहेको छ । यसैबिच उपत्यका ट्याक्सी व्यवसाय सङ्घले चलचित्रको प्रचार प्रसारमा सहयोग पुर्‍याउने उद्देश्यले उपत्यकाका हरेक ट्याक्सीमा पोस्टर टाँसिएको छ । सोमबार बिहान एक कार्यक्रमबिच धुर्मुस अर्थात् सिताराम कट्टेलले ट्याक्सीमा पोस्टर टाँसेर कार्यक्रमको सुरुवात गरेका थिए ।

हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्र लाभ भएको छ । विल्सन विक्रम राई (तक्मेबुढा)को जन्मदिनकै दिन उनलाई पुत्र लाभ भएको हो । सन् १९८७ जनवरी २९ तारिखका दिन झापामा जन्मेका राईले ३४ औँ जन्मदिन मनाए । यसै दिन छोराको जन्म भएसँगै जन्मदिन तक्मेबुढाका लागि विशेष बन्यो । उनले बुधवार बिहान सामाजिक सञ्जालमा आफ्नो जन्मदिनमा छोरा जन्मेको र बाबु बन्न पाएकोमा निकै खुसी भएको बताएका थिए । 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

कलाकार शिवहरि पौडेलको निर्देशनमा बन्ने चलचित्र ‘लक्का जवान’को दोस्रो गीतको छायाङ्कन भएको छ । चलचित्रको 'मुसुक्क हाँसन माया' बोलको गीतको छायाङ्कन गरिएको हो । गीतमा  प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौड्याल लगायत कलाकारले कम्मर मर्काएका छन् ।

मिथिला शर्मा र सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र 'आमा'को शीर्ष गीत रिलिज भएको छ । ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीत बिहीबार सार्वजनिक गरिएको हो । केतन क्षेत्रीको स्वर रहेको गीतमा भूपेन्द्र खड्काको शब्द र सुवाष भुसालको सङ्गीत रहेको छ । सार्वजनिक मार्मिक गीत को भिडियोमा चल अचल दृश्य समावेश गरिएका छन् । दिपेन्द्र के खनाल निर्देशित चलचित्रको गीतमा आमाले आफ्नो सन्तानका लागि गर्ने सङ्घर्षलाई मार्मिक तरिकाले प्रस्तुत गरिएको छ । 

सौरभ चौधरीको निर्देशनमा बनेको चलचित्र ‘लभ डायरिज’ नेपालसँगै अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । सुशील श्रेष्ठ स्टारर सिनेमा ‘लभ डायरिज’ भ्यालेन्टाइन डे अवसर पारेर प्रदर्शनमा आउँदै छ । भ्यालेन्टाइन डे कै दिन अस्ट्रेलियामा 'नाइन मिल क्याफे र सल्भ एजुकेसन कन्सल्टेन्सीले चलचित्र प्रदर्शन गर्दै छन् ।

पछिल्लो समय एक पछि अर्को गर्दै नेपाली अभिनेत्रीहरूले विवाह गर्दै छन् । भर्खर अभिनेत्री प्रियंका कार्कीको विवाह मिति तोकियो । यसै बिच अभिनेत्री आँचल शर्माको पनि विवाह हुने पक्का भएको छ । केही समय यता प्रेममा रहेकी उनी प्रेमी उदिप श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिँदै छिन् । उनको यही फागुनको अन्तिम अर्थात् २५ देखी २७ को बिचमा विवाह हुने बुझिएको छ । उनले शुक्रवार आफ्नो परिवारसँग हुनेवाला दुलही भन्दै केक काटेकी छिन् । 

बक्स अफिसमा हिट मानिएको सिरिज चलचित्र ‘नाई नभन्नु ल’को छैटौँ सिरिज पनि बन्ने भएको छ । निर्देशक तथा लेखक विकासराज आचार्यले यसको जानकारी दिएका हुन् । उनले अहिले चलचित्रको स्क्रिप्ट र सङ्गीतमा काम भइरहेको बताएका छन् । वैशाखको दोस्रो साताबाट फ्लोरमा जाने तयारी विकाशको छ । उनले चलचित्रमा सलोन बस्नेत, बाल–कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा पक्का भैसकेको बताएका छन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

चलचित्र ‘मन्त्र’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । सौगात मल्ल स्टारर चलचित्रलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन् । लभ स्टोरी जनरामा निर्माण भएको चलचित्रको सार्वजनिक पोस्टरमा कुनै पनि कलाकारलाई स्थान दिइएको छैन । निर्माण पक्षका अनुसार चलचित्रले हिमाली भेगको प्रेम कथा बोकेको छ । चलचित्रमा सौगात मल्ल,बुद्धि तामाङ,दिया पुन,नमिता घिसिङ,बिर बहादुर लामाको मुख्य भूमिका रहेको छ ।

बक्स अफिसमा हिट मानिएको सिरिज चलचित्र ‘नाई नभन्नु ल’को छैटौँ सिरिज पनि बन्ने भएको छ । निर्देशक तथा लेखक विकासराज आचार्यले यसको जानकारी दिएका हुन् । उनले अहिले चलचित्रको स्क्रिप्ट र सङ्गीतमा काम भइरहेको बताएका छन् । चलचित्रमा सलोन बस्नेत, बाल–कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा पक्का भैसकेका छन् । यसैबिच ‘नाईं नभन्नू ल ५’ का मुख्य बाल अभिनेता अनुभव र सेड्रिना मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।

मिलन चाम्सको निर्देशनमा चलचित्र ‘गोर्खा वारियर’ बन्ने भएको छ । वीर गोर्खालीको कथामा निर्माण हुने चलचित्र लन्डन सिने आइ प्रोडक्सनको ब्यानरमा निर्माण हुने छ । चाँडै छायाङ्कन सुरु हुने चलचित्रको बजेट २० करोड बढी रहेको बताइएको छ । चलचित्रमा कलाकारको रूपमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन फाइनल भएका छन् ।

हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र उनकी छोरी सराना श्रेष्ठको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । मदन र सरानाले पहिलो पटक एउटा गीतमा आवाज भरेका हुन् । 'पानी छाया' बोलको गीत काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा