पछिल्लो समयका चर्चित अन स्क्रिन जोडी पूजा र आकाशको आगामी चलचित्र 'सम्झना बिर्सना' को  प्रदर्शन मिति तय गरिएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति पनि आगामी जेठ २ लाई तय गरिएको हो । दर्शकले निकै रुचाएको यो जोडिलाई नै पोस्टरमा स्थान दिइएको छ । जसमा पूजा घोडाका चढेकी छिन् भने उनी लजाएकी छिन् । पूजालाई आकाशले प्रेमले हेरेका छन् । निमेष प्रधानले निर्देशन गरेको चलचित्रमा  पूजा र आकाशसँगै छुल्ठिम  गुरुङ, सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेललगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।

पूजा र आकाशको 'सम्झना बिर्सना' आगामी जेठ २ मा

आदित्य फिल्मसको ब्यानरमा निर्माण भइरहेको चलचित्रलाई शिव ढकालले खिचेका हुन् । वेस्ट बेंगलका रमणीय स्थानमा ‘सम्झना बिर्सना’को छायाङ्कन गरिएको हो । यही हिट जोडीको अर्को चलचित्र चलचित्र ‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति आउँदो वर्षको तीजमा प्रदर्शनमा आउनेछ ।