अभिनेता पल शाहले शनिवार आफ्नो जन्मदिन मनाए । उनले उनको आगामी चलचित्र 'म यस्तो गीत गाउँछु २' टिम र सञ्चार कर्मीका साथमा आफ्नो जन्मदिनको केक काटे । क्याफे एभेन्युमा जन्मदिन मनाउँदै गर्दा पलले आफ्नो चलचित्रको बारेमा र व्यक्तिगत सम्बन्धका बारेका कुरा गरे ।

साथमा अभिनेत्री पूजा शर्माले पनि पललाई शुभकामना दिँदै आफ्नो सधैँको मिल्ने साथी भनी सम्बोधन गरिन् । पूजाले पललाई सधैँ दर्शकको माया यसै गरी पाइरहनु भन्दै शुभकामना पनि दिइन् । चलचित्र 'म यस्तो गीत गाउँछु २'को बारेमा कुरा गर्दा चलचित्र कुनै पनि चलचित्रसँग मेल नखाने र ट्रेलर हेरेर अनुमान गर्नु गलत भएको बताए ।

पलको जन्मदिन 'म यस्तो गीत गाउँछु २' टिमसँग पलको जन्मदिन 'म यस्तो गीत गाउँछु २' टिमसँग पलको जन्मदिन 'म यस्तो गीत गाउँछु २' टिमसँग

उनले चलचित्र हेरेपछि दर्शकलाई मन पर्ने र यसको अघिल्लो सिरिज झैँ मन पराउने आशा व्यक्त गरे । पल र पूजाको मुख्य भूमिका रहेको 'म यस्तो गीत गाउँछु २' यही फागुन २९ बाट प्रदर्शनमा आउँदै छ ।  

पलको जन्मदिन 'म यस्तो गीत गाउँछु २' टिमसँग पलको जन्मदिन 'म यस्तो गीत गाउँछु २' टिमसँग