भारतीय अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले कोरोना विरुद्ध लड्न भारत सरकारलाई आर्थिक सहयोग गर्ने भएका छन् । यी दुईले भारतको केन्द्र सरकार र महाराष्ट्र सरकारलाई सहयोग गर्ने घोषणा गरेका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरिएको ‘पीएम केयर्स फन्ड’ र महाराष्ट्र मुख्यमन्त्री राहत कोषमा उनीहरूले सहयोग गर्ने भएका हुन् । धेरै मानिस हाल पीडामा रहेको भन्दै उनले आफूहरूले गरेको सहयोगबाट पीडामा रहेका नागरिकहरूलाई सहयोग हुने आशाका साथ अनुष्काले ट्वीटर मार्फत विराट र आफूले भाइरस नियन्त्रण विरुद्धको अभियानमा सहयोग गर्न लागेको जानकारी दिएकी हुन् । उनले कति सहयोग गर्ने भन्ने खुलाएकी छैनन् तर भारतीय मिडियाले उनीहरूले ३ करोड भारतीय रुपैयाँ सहयोग गरेको दाबी गरेका छन् ।