बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले कोरोना विरुद्धको लडाइका लागि आर्थिक सहयोग गर्ने भएकी छिन् । उनले १ लाख डलर सहयोग गर्ने बताएकी छिन् । यस बारे प्रियंका आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । उनले श्रमजीवी महिला र सुरक्षा निकायमा खटिएका महिलाका लागि यो सहयोग प्रदान गर्ने समेत बताएकी छिन् । प्रियंकाले हरेक साता प्रेरणादायी महिलाहरूको कथासहित प्रत्यक्ष प्रसारणमा हुने पनि बताएकी छिन् । यसअघि पनि अभिनेत्री प्रियंकाले सामाजिक सञ्जालमार्फत शारीरिक दुरी कायम गर्नेदेखि हात धुने सचेतना फैलाउँदै आइरहेकी थिइन् ।