"बाघको गर्भ बाट बाघ नै जन्मिन्छ,अभिनेत्री मनिषा कोइरालाले भारतमा नुन,तेल आदि भिख मागेर खानु भएको होइन उहाँले आफ्नो परिश्रम गरेर खानु भएको हो "
धन्यवाद अभिनेत्री मनिषा कोइराला । हामी तपाईँको वजन दार विचार प्रति गर्व गर्छौँ । मनिषा कोइरालाको महान् बिचार र नेपाल प्रतिको माया प्रति हार्दिक सम्मान छ। पूर्व प्रधानमन्त्री बिपी कोइरालाको नातिनी एवम् बलिउडकी लोकप्रिय अभिनेत्री मनिषा कोइरालाले नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक हुँदा नेपाल सरकारलाई बधाई दिएकी थिइन । "हामी तीन महान् देशहरू बिच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौ" उनले ट्विटमा लेखेकी थिइन त्यही ट्विटलाई लिएर भारतीय मिडियाले मात्र होइन, भारतीय जनता समेत बढी जसो नायिका मनिषा माथि र त्यसपछि हाम्रो देशप्रति आक्रोशित भएका छन्। नेपालीहरू कर्मको सिलसिलामा संसारभर भए पनि आफ्नो जन्म दिने आमा र जन्म भूमि नेपाललाई कसैले बिर्सन सक्दैन। हामी कोही पनि डराउँदैनौ तर हामीले अब एकजुट भएर भारत सङ्ग अन्तिम निर्णायक रणनैतिक युद्ध लड्न तयार हुनु जरुरी छ। पहिला सरकारले देशमा रहेका विदेशी एजेन्टहरू हटाउनु पर्दछ अनि मात्र देश अगाडि बढ्छ। आफ्नो जन्मभूमि दुख्दा आफ्नो  जोगाएर राखेको देश नेपालमा समस्या आउँदा सबै नेपालीको मन दुखिरहेको छ। हामीले देश प्रतिको माया देखाउने नायिका मनिषा कोइरालाको जस्तो साहसी वीर गोर्खालीको शक्ति देखाएर लड्ने बेला यही हो।

सम्पूर्ण नेपाली जनताहरूले आफ्नो सीमाको विषयमा कुनै पनि खालको सम्झौता गर्नु पर्दैन किनकि इतिहास नै साक्षी छ यदि भारतले यो कुरामा सहमति लिँदैन भने कूटनैतिक ढङ्गले अगाडि बढेर हाम्रो भूमि विश्वभर चिनाएरै छोड्नु पर्छ। सीमाबाट भारतीय सैनिक हटाएर नेपाली सैनिक राख्नु पर्छ सरकार! सामाजिक सञ्जालमा अहिले देशको सिमाना, मनिषा कोइरालाको ट्विटको विषयमा सबैले आ-आफ्नो कुराहरू फेसबुक, ट्विटर, युट्युब लगायतमा नेपालको लागि बोल्नु हुने सम्पूर्ण नेपालीहरूलाई धन्यवाद दिन चाहन्छु। आफ्नो कार्यका दौरान जहाँ भए पनि नायिका मनिषा लगायत सम्पूर्ण नेपाली जनताहरूको रगतमा नेपालीपन छ र विशेष जुन नायिका मनिषा कोइरालाको रगतमा नेपालीपन छ भन्ने  उहाँले नै सार्वजनिक गरिन। विश्वभर छरिएर रहेका नेपालीहरूले एकजुट हुनु आवश्यक छ भन्ने सन्देश पनि गएको छ ।
सैन्य शक्ति, जनसङ्ख्या तथा भूगोलको हिसाबले, खाद्यान्न आयात तथा निर्यातको हिसाबमा हामी भारत भन्दा सानो छौ होला तर हाम्रो नेपालको स्वाभिमान सानो छैन। नेपालकी एकै साहसी वीर गोर्खालीकी छोरी अभिनेत्री भारतको जनताहरूको सातो नै उडाइन भने अन्य वीर गोर्खालीहरूले बोलेपछि त देश नै भूकम्प जस्तै थर्किन्छ होला। नायिका मनिषाको नशा-नशामा अभिनय मात्र हैन देश प्रेमी र राजनीति पनि समुद्रको पानी जस्तै बग्दछ भन्ने कुरा सम्पूर्ण भारतीय जनताहरू, भारतीय सरकार र भारतीय मिडियाहरूले बुझ्नु पर्दछ। यसबाट थाहा हुन्छ यो देशको अस्मिता कलाकार, नेपाली सर्वसाधारण जनताहरू, गरिब जनताहरूले मात्र हैन नेपाल सरकार सम्पूर्ण पार्टीका नेता कार्यकर्ताहरूले देश र जनतालाई जोगाउनु पर्दछ। नेपाली रगत विश्वको जुनसुकै भूमिमा भए पनि नेपाली सान, वीरता र आफ्नो माटो र जन्म दिने आमाबुबा कहिल्यै पनि बिर्सिनुहुँदैन र देशलाई अप्ठ्यारोमा पार्ने जुनसुकै देश होस आफ्नो स्वाभिमानलाई झुकाउनु हुँदैन। जे जस्तो प्रचारबाजी भए पनि नायिका मनिषा कोइरालाको कर्मभूमि भारत थियो तर जन्म भूमि भारत होइन। उनले श्रम, पसिना बेचेकी थिइन् तर स्वाभिमान होइन। यस्तै सबैको बुद्धि पलाओस्।

भारतीय मिडियाहरू र भारतीय जनताहरू यति बौलाउँदा नेपाली मिडियाहरू कुन दुलो भित्र पसेका छन्? र धेरै जसो नेपाली जनताहरू र सबै पार्टीका नेता कार्यकर्ताहरू र नेपाल सरकार किन मौन छन्? मनिषालाई भारतीय मिडियाहरूले गाली गरिरहेको बेला सरकार किन मौन? के उहाँ नेपाली होइन र ? यस्ता कुरामा सबै नेपाली एकजुट भएर अगाडि बढ्नु पर्छ। 'जननी जन्म भूमि स्वार्गादपि गरियसी' हरेक नेपालीको रगतमा छ। बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालालाई फेरि पनि सम्मान छ मेरो। देश प्रति माया र गर्व हुनेले जहाँ रहे पनि छाती चौडा बनाएर नै आवाज उठाउनु पर्छ। जहाँ बसे पनि अन्यायका अगाडी हामी कहिल्यै पनि शिर झुकाउँदैनौ। हामी एक बुद्ध भगवानको शान्तिको देश र सर्वोच्च उचाइमा रहेको सगरमाथाको देशका वीर गोर्खाली हौँ। अब समय र शब्दको लापरबाही धेरै नगरौँ उठौँ, जुटौँ र जागौँ सबै वीर गोर्खालीहरू नेपाली आमालाई बचाऔँ।सङ्कटग्रस्त नेपालीलाई सार्वभौम राख्ने जिम्मा अब राष्ट्र भक्त नेपालीको हातमा छ। राष्ट्रिय सार्वभौमिकताका हिसाबले इतिहासकै कठिन मोडमा देश पुगेको छ। निरन्तर दुखिरहेको छ नेपाली मन र नेपाली स्वाभिमान। सर्वप्रथम त सरकारको कमजोरी हो, देशमा रोजगारी सिर्जना गराउनु पर्ने, उत्पादन बढाउनु पर्ने बेला अरू देशकै भरमा बाच्ने र नेताहरू चाहिँ चाहिँ कुर्सीमा बसेर देशको समस्या समाधान गर्नुको सट्टा आफै पार्टी पार्टी बिच घमासान युद्ध हुनु, नेपालमा विदेशी एजेन्टहरूले गर्दा नि हो ।

विदेशबाट आएको पैसा सबै भ्रष्टाचार गरेर सक्काउने भएर नि हो देश झन् कमजोर भएको। देशमा सरकारले रोजगारको सिर्जना गर्न नसकेर हो सबै नेपाली दाजुभाइ तथा दिदीबहिनी विदेश पलायन हुनुको कारण। सबै अल्छी मात्रै भए अनि कसरी देश अगाडि बढ्छ? अब देशको अस्मिता बचाएर देशमा कृषि क्रान्ति ल्याऔँ र देशमै रोजगार गराऔँ सरकार! जन्म भूमि दुख्दा आफ्नो  जोगाएर राखेको भूमि छिमेकी राष्ट्रले खोस्दा सबैको मन दुख्छ तर यो कुनै हालत बाट दिनुहुन्न। हामीले भिखको अनुदान लिने होइन बरु आफ्नो देशमै पसिना बगाएर काम गर्नु पर्छ। सबै नेपालीले कुनै षडयन्त्रको जालोमा फस्ने होइन नडराईकन काम गर्नुपर्छ । जुन नेपाली छोरी मनिषा माथि जथाभाबी नचाहिँदा कुरा गरेर गाली समेत यी भारतीय मिडियाहरूलाई र भारतीय जनताहरूलाई गरे यिनीहरूलाई नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरबाट कारबाहीको माग गराउनु पर्छ ।सिङ्गो भारत मनिषाको एउटा ट्विटले हल्लियो यस्तै सबै नेपालीहरूले उहाँको जस्तो साहसी वीर गोर्खालीको शक्ति देखाउनु पर्छ। जय वीर गोर्खाली।

तपाईँसँग पनि कलकारिता सम्बन्धी समसामयिक लेख रचना छन् भने हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ ।