'घुम्तीमा नआऊ है', 'ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो', 'पंक्षीमा डाँफे', 'जाग लम्क चम्क हे नौजवान हो', 'बिछोडको पीडा नसकी खप्न दसैँको बेलामा' लगायत सयौँ लोकप्रिय गीतहरूका रचनाकार आदरणीय स्रष्टा रत्न शमशेर थापाको निधन भएको छ । बिहीबार बिहान साढे ११ बजे उनको निधन भएको संगीतकार महेश खड्काले जानकारी दिएका छन् । मुटुको अप्रेसर गरेर कमलपोखरीस्थित घरमै आराम गर्दै आएका थापालाई बुधबार नर्भिक अस्पताल भर्ना गरिएको थियो ।​ नेपाली गीत सङ्गीताको दुनियाँमा जिउँदो इतिहासको रूपमा चिनिने थापाको निधन भएसँगै नेपाली सङ्गीत आकाशले एउटा इतिहासको पाना गुमाएको  । उनका कालजयी गीतहरूमा स्वर स्रमाट नारायण गोपालदेखि प्रेमध्वज प्रधानसम्मले स्वर भरेका थिए । सन् १९३९ मा जन्मिएका उनी देवकोटा साहित्य पुरस्कार, युगकवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, रेडियो नेपालबाट सम्मान (गीतमा), साधना सम्मान, लाइफ टाइम एचिभमेन्ट अवार्ड (हिट्स एफ । एम ।), भीमनिधि राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार आदि बाट सम्मानित भएका थिए । उनका ताराका काँचा रङ्ग  रत्न शमशेर थापा (कविता सङ्ग्रह) रुझेका परेला  रत्न शमशेर थापा (गीत सङ्ग्रह) प्रकाशित छन् । नेपाली गीत र कवितालाई एउटा उचाइमा पुर्‍याउन सफल स्व थापाप्रति भावपूर्ण श्रद्धाञ्जली!! नेपाली गीत सङ्गीत पारखीका कानमा र मनमा उनी सधैँ गुन्जिरहने छन् । कोरोना भाइरस परीक्षणका लागि उनको स्वाब परीक्षणका लागि पठाइएको  लेखक तथा निर्देशक प्रकाश सायमीले पुष्टि गरेका छन् । उनका अनुसार कोरोना भाइरस संक्रमण भए/नभएको यकिन भएपछि मात्र अन्तिम संस्कार हुनेछ ।