कलाकार सागर लम्साल 'बले'ले लकडाउनले प्रभावित भएका कलाकारहरूलाई सहयोग गरेका छन् । नेपाली चलचित्र तथा म्युजिक भिडियोमा कोरस डान्सरको रूपमा नृत्य गर्ने कलाकारलाई राहत प्रदान गरेका छन् । लकडाउनले समस्यामा परेका करिब पचास जना कोरस डान्सरलाई सहयोग गरेका हुन् । उनले पाँच सय केजी, चामल, पाँच सय केजी दाल र दुई सय लिटर तेल वितरण गरेका हुन् । दुई महिना लामो लकडाउनले चलचित्र म्युजिक भिडियो लगायतको काम ठप्प भएपछि कलाकारहरू समस्यामा परेको र सहयोगको लागी अपिल गरिएपछि बले र शिखर दीप एग्रो प्रा. ली को सहकार्यमा राहात हस्तान्तरण गरिएको हो ।