गायक अमृत सापकोटा, गायिका समीक्षा अधिकारी र आयुषा गौतमको स्वर रहेको गीत सार्वजनिक भएको छ । 'आधी कपाल' बोलको गीतको भिडियो आइतबार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा गायक मोडल दुर्गेश थापा र अभिनेत्री एलिजा गौतमको अभिनय रहेको छ । गीतमा नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको सङ्गीत रहेको छ । भिडियोमा दुर्गेश र एलिजाको साथमा आयुषा गौतम र एलिजाकी छोरी एरिका गौतमको पनि अभिनय रहेको छ । शुभारम्भ डिजिटल म्युजिकको युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् भने ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका हुन् । गीतलाई दर्शक श्रोताले रुचाएका छन् ।