विश्वकै चर्चित इटालियन सङ्गीतकार एन्नीओ मोरिकनको निधन भएको छ । विश्वमा नै चर्चित मानिने मोरिकनको ९१ वर्षको उमेरमा सोमबार निधन भएको हो । चलचित्र निर्माता समेत रहेका उनले चलचित्रका लागी उत्कृष्ट सङ्गीत सृजना गरेका छन् । सन् २०१६ मा ओस्कर पुरस्कार समेत पाएका उनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो । जीवन भरी आत्मसम्मानका साथ जिएका उनको मृत्युमा शुभेच्छुक तथा उनका सङ्गीत प्रेमीले शोक व्यक्त गरेका छन् ।  इटालीका प्रधानमन्त्री जिसेपे कोन्टेले उनलाई सम्झँदै 'उहाँलाई हामीले सधैँ सम्झने छौँ, उहाँ हाम्रो गौरव हो' भनेका छन् । गीत सङ्गीतको क्षेत्रमा उनले पुर्‍याएको योगदान कहिले नमेटिने उनका शुभचिन्तकले बताएका छन् ।