गायिका बिना भट्टराई र गायक विष्णु भट्टको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘छक्कै परे’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा डीआर उपाध्यायको शब्द रहेको छ भने विष्णु भट्टको सङ्गीत मोहित मुनालको एरेन्ज र किरन विश्वकर्माको रेकर्डिङ रहेको छ । भिडियो सहित सार्वजनिक भएको गीतले प्रेमी प्रेमिकाको मनको भाव बोलेको छ । सार्वजनिक म्युजिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आस्मा विश्वकर्माले अभिनय गरेका छन् । माइकल चन्दले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाङ्कन तथा शिलन लम्सालको सम्पादन रहेको छ ।  गीत डिआर म्युजिक एण्ड क्रिएसनको युट्युब च्यानलमा उपलब्ध छ ।