शास्त्रीय गायक पण्डित जसराजको निधन भएको छ । ९० वर्षीय जसराजको अमेरिकाको न्यूजर्सीमा सोमबार बिहान निधन भएको हो । भारतको हरियाणामा २८ जनवरी १९३० मा जन्मेका जसराजको हृदय घातका कारण निधन भएको हो । भारतको हरियाणामा २८ जनवरी १९३० मा जन्मेका जसराज मेवाती घरानाका कुशल गायक हुन् । भारतीय शास्त्रीय सङ्गीतलाई देश विदेशमा फैलाउन योगदान दिएका उनले करिब आठ दशक साङ्गीतिक क्षेत्रमा बिताएका थिए । उनको निधनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । गत अप्रिलमा उनले हनुमान जयन्तीको दिन फेसबुक लाइभ मार्फत वाराणसीको संकटमोचन हनुमान मन्दिरका लागि प्रस्तुति दिएका थिए जुन उनको अन्तिम प्रस्तुति हुन पुग्यो । भारतको पद्म श्री, पद्म भूषण र पद्म विभूषणलगायत थुप्रै पुरस्कारबाट सम्मानित भएका उनको नामबाट गत अगस्टमा इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन (आइएयू) ले सौरमण्डलमा एउटा सानो ग्रहको नाम उनको नामबाट राखेको थियो । यो सम्मान पाउने उनी पहिलो भारतीय कलाकार हुन् ।