'लाईदिम कि मोहनी' बोलको गीत सार्वजनिक भएको हो । ईश्वर थापा र देवी घर्तीको आवाज रहेको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो । शिवा अखेलीको शब्द रचना रहेको गीतमा म्युजिक सूर्य खड्काको रहेको छ । गीतको एरेन्ज विश्वास नेपालको रहेको छ । सार्वजनिक गीतको भिडियोमा पल शाह र रियाशा दाहालको अभिनय रहेको छ । भिडियोलाई काजीश श्रेष्ठले निर्देशन गरेका हुन भने कोरियोग्राफी पनि उनको नै रहेको छ । अर्जुन तिवारी र टिमले खिचेको भिडियो दीपक विष्टले सम्पादन गरेका हुन् ।