चर्चित लोक दोहोरी गायिका शान्ति श्री परियार र राजेन्द्र कँडेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । भिसु भण्डारीको शब्द तथा गायक कँडेलको लय रहेको 'अभागी परदेशी' बोलको गीतको सार्वजनिक भिडियोमा विकास लामिछाने र रुपा कँडेलको अभिनय रहेको छ । गीतमा परदेशीको यर्थाथ कहानीलाई प्रस्तुत गरिएको छ । देवेन्द्र पाण्डेको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियो मार्मिक बोकेको छ । उत्सव दाहालले छायाङ्कन गरेको गीतको म्युजिक भिडियो विष्णु दाहाले सम्पादन गरेका हुन् । गीतलाई  सुपारी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ  ।