राष्ट्रकवि माधव प्रसाद घिमिरेको शब्द रचना रहेको गीत 'उनको प्रीति' सार्वजनिक भएको छ । नेपाल आइडल तेस्रो सिजनबाट चर्चामा आएका गायक प्रविन बेडवाल र गायिका रचना रिमालको आवाज रहेको यस गीत सोमवार युट्युब मार्फत सार्वजनिक गरिएको हो । जगदिस समाल र सपना श्रीको आवाज रहेको ओरिजिनल गीतलाई पुनः रेकर्ड गराएर सार्वजनिक गरिएको हो । गीतमा नारायण रायमाझीको सङ्गीत रहेको छ । बि.बि. अनुरागीको सङ्गीत संयोजन रहेको गीत श्याम श्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । प्रेम भावको सुमधुर गीतमा रत्न बि.कको बाँसुरीको मिठो धुन सुन्न सकिन्छ । सार्वजनिक गीत को भिडियोमा प्रविन र रचनाका साथमा  उदिराम खड्का, बिन्दु खड्का, विवेक खड्का, मनोज खड्का, राकेश सोनी फिचर्ड छन् । भिडियोलाई मिराज अर्यालले छायाङ्कन तथा सम्पादन गरेका हुन् । गीत रीमा एन्टर्टेन्मेन्ट नेपालको युट्युब च्यानलमा उपलब्ध छ ।