केही दिन अघी सार्वजनिक भएको गीत 'लज्जावती झार' ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको आवाज रहेको गीतलाई हाल सम्म १५ लाख १० हजार बढिले हेरिसकेका छन् । एक हप्ता अगाडी सार्वजनिक भएको गीतमा ३ हजार बढी प्रतिक्रिया मिलेको छ । गीतलाई ५६ हजार बढिले मन पराएका छन् । गीतमा महेश आफैँले सङ्गीत भरेका हुन् भने शब्द पनि उनकै रहेको छ । महेश र आँचल शर्मालाई प्रेमिल जोडीको रूपमा प्रस्तुत गरिएको छ । 'लज्जावती झार' लाई असिफ शाहले निर्देशन गरेका छन् भने हरि हुमागाईँको सिनेमेटोग्राफी रहेको छ । भिडियोमा लोकेश बज्राचार्यको सम्पादन रहेको छ । यस अघी माया बिरानी र असारे महिना जस्ता सफल गीत सार्वजनिक गरेका महेशको यस गीत लाई पनि दर्शकले निकै मन पराइरहेका छन् ।