गायक कमल खत्रीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'पानी पिउने बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । योर स्टाइल प्रोडक्सनको प्रस्तुति यस गीतमा सुमन योञ्जनको शब्द रहेको छ भने सङ्गीत गायक खत्री कै रहेको छ । गीत रिकेश गुरुङले एरेन्ज गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा रियाशा दाहाल, कमल खत्री, दीपक घिमिरे र विशाल रेग्मी फिचर्ड छन् । नितीन चन्दले निर्देशन गरेको गीतको भिडियोमा विशाल महराको कोरियोग्राफी रहेको छ । भिडियो रुपेश थापाले खिचेका हुन् । गीतमा प्रेम गर्ने बहानामा दुख दिने दीपक घिमिरे र विशाललाई रियाशाले आफ्ना साथी तथा प्रेमी कमलको सहायतामा कायल पारेकी छिन् । सुमधुर तथा रमाइलो गीतको अडियो तथा भिडियो सुन्दर बनेको छ ।