गायक रोशन राई र गायिका मेलिना राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी सित माया गर्दा’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । रमेश नम्हाङ राईको शब्द तथा सङ्गीत रहेको रहेको छ भने फणिन्द्र राईले एरेन्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा कलाकार जीवन भट्टराई र लक्ष्मी बर्देवाको अभिनय रहेको छ । लक्ष्मी र जीवन कै निर्देशन र कन्सेप्ट रहेको गीतको भिडियो बुद्ध थापाले खिचेका हुन् । अन्तर्जातीय प्रेम र समाजले न अपनाएको सम्बन्धलाई मार्मिक तरिकाले गीतको भिडियोमा प्रस्तुत गरिएको छ । माया गर्दा दुनियाँ गुमाए पनि मायाले सारा संसारको खुसी दिएको भन्ने भाव रहेको गीतले साँचो प्रेम गर्ने प्रेमिल जोडीलाई समाजले हेर्ने दृष्टिकोण उजागर गरिदिएको छ । गीतको अडियो तथा भिडियो निकै मन छुने खालको बनेको छ । गीत 'बिहान इन्टरटेन्ट्मेन्ट' को युट्युब च्यानलमा उपलब्ध छ ।