म्युजिक भिडियो 'जाले रुमाल' सार्वजनिक भएको छ । मेलिना राई र वीरेन्द्र श्रेष्ठको स्वर रहेको गीतमा भीम विष्टको शब्द तथा सङ्गीत रहेको । प्रतिक्षित मल्टिस्टारर यस गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतको भिडियोमा पछिल्लो समयका निकै रुचाइएका र व्यस्त कलाकारहरू पल शाह, रियाशा दाहाल, सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । भिडियो निर्देशन तथा कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् । 

नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोलाई नवीन निरौलाले सम्पादन रहेको गीत सार्वजनिक भएसँगै सुखद प्रतिक्रियाको वर्षा लागेको छ भने हालसम्म यस म्युजिक भिडियोलाई २ लाख २० हजार बढिले हेरिसकेका छन् भएन युट्युबको ट्रेन्डिङमा समेत उक्लिसकेको छ । गीतको भिडियो निकै कलात्मक र मनोरञ्जन प्रदान गर्न सफल बनेको छ ।