गायिका बिन्दु परियारको आवाजमा नयाँ डान्सिङ नम्बर सार्वजनिक भएको छ । ‘माया गर्छु है’ बोलको गीत शनिवार युट्युबमा सार्वजनिक गरिएको हो । एकनारायण भण्डारीको शब्द रहेको गीतमा सुदिप सागरको सङ्गीत एवं एरेञ्ज रहेको छ । म्युजिक भिडियो सहित सार्वजनिक भएको गीतको भिडियोमा टिकटक हुँदै म्युजिक भिडियोमा आफ्नो दमदार उपस्थिति बनाएका  ट्विनी गर्ल्स प्रिन्सी र प्रिज्मा खतिवडा साथमा चलचित्र र म्युजिक भिडियोमार्फत दर्शकको मन जितेका अभिनेता नाजिर हुसेन फिचर्ड छन् । सान थापाले निर्देशन गरेको भिडियोलाई राजिव समर कोरियोग्राफी गरेका हुन् । अर्जुन तिवारी र उनको समूहले खिचेको भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन गरेका हुन् । निकै रमाइलो र सुन्दर यस म्युजिक भिडियो गायिका परियारको युट्युब च्यानलमा उपलब्ध छ ।