गायक निशान भट्टराई र गायिका बिन्दु परियारको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'चार कोठे मुटु' बोलको गीत बुढा सुब्बा डिजिटलको युट्युबमा सार्वजनिक गरिएको हो । जुना फिल्म्स्को ब्यानरमा निर्माण भएको गीतमा शब्द लेखन तथा सङ्गीत अनिश अधिकारीको रहेको छ । सार्वजनिक गीतको भिडियोमा बुद्धि तामाङ, सुधीर श्रेष्ठ, कालू राना, तुलाशा भण्डारी लगायत कलाकारको अभिनय रहेको छ । माया प्रेम र विवाहको प्रसङ्गलाई जोडेर निर्माण गरिएको गीतको भिडियो रमाइलो बनेको छ। रुपेश तामाङको निर्देशन रहेको यस भिडियोलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । भिडियोको छायाङ्कन भने ईश्वर  सिन्केमनाले गरेका हुन् ।