नजिकिँदै आएको नेपालीहरूको महान् चाड दशैँ र तिहारलाई लक्षित गरेर साङ्गीतिक कोसेली लिएर सङ्गीतकर्मीहरू आइरहेका छन् । कोरोना महामारीले यस वर्षको दशैँ तिहार अघिल्ला वर्ष जस्तो उल्लासमय नहुने भए पनि गीत सङ्गीतको मार्फत चाडबाडको माहौल बनिरहेको छ । यसै बिच यस वर्ष सुनसान माया दशैँ तिहारका बिच चाडबाडको रौनक सम्झिँदै 'दशैँ तिहार' बोलको गीत सार्वजनिक गरिएको छ । सुजन तिगेला लिम्बु र मेलिना राईको आवाजमा सजिएको यस गीत सोमबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा गायक सुजनकै शब्द तथा सङ्गीत रहेको छ भने एरेन्ज उदय राज पौडेलले गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, सुजन तिगेला लिम्बु, आँचल शर्मा, रेबिका गुरुङ, क्षितिज सुबेदी र मेलिना राई फिचर्ड छन् । निर्देशक मिलन चाम्सले निर्देशन गरेको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् । भिडियो सन्देश शाहले सम्पादन गरेका हुन् ।