नेपाली मनोरञ्जन दुनियाँमा धेरै चर्चामा आएको नाम हो प्रिन्सी र प्रिज्मा खतिवडा । टिकटकबाट चर्चामा आएका यि ट्वीनी गर्ल्स पछिल्लो समय म्युजिक भिडियोमा निकै सक्रिय छन् । टिकटकमा ६.५ मिलियन फलोअर्स भएका यि दुईको चर्चा सामाजिक सञ्जाल देखी फिल्म इन्डस्ट्रीमा चलिरहन्छ । बेला बेला कन्ट्रोभर्सीमा पनि आइराख्ने यि दुई आफ्नो करियर र आफूले गरिरहेको काममा निकै मग्न देखिन्छन् । सुरुवातमा मनोरञ्जनको लागी बनाएको टिकटक भिडियोले उनीहरूलाई स्टार मात्र बनाएन यती धेरै प्रतिस्पर्धा भएको नेपाली म्युजिक इन्डस्ट्री र मनोरञ्जनको दुनियाँमा स्थापित पनि गरिदिएको छ । उनीहरू यसलाई आफ्नो भाग्य मान्छन् । टिकटकले आफूलाई स्टार बनाएसँगै आइपरेका विवाद र आलोचनाले आफूलाई अझ मजबुत बनाएको उनीहरूको विश्वास छ । आफ्नो टिकटक यात्रा यसले जोडिदिएको आफ्नो बाटो र भविष्यबारे आफूले बनाएको योजनालाई लिएर सिनेपाटी टिभीले टिकटकमा ट्वीनी गर्ल्स नामले परिचित प्रिन्सी र प्रिज्मासँग अन्तरङ्ग कुराकानी गरेको छ । हेर्नुहोस् भिडियो!!