आइरहेको दसैँ-तिहारको अवसर पारेर दशैँ तिहार लक्षित गीत सङ्गीतहरू सार्वजनिक भइरहेका छन् । यसै बिच 'मयाँले' बोलको दशैँ तिहार गीत सार्वजनिक भएको छ । गीतमा म्याग्दी जिल्लाको विभिन्न भू-भागहरूमा युगौँदेखि गाइँदै आएका भाका तथा शब्दहरूलाई समेटिएको छ । प्रकाश दुतराजले शब्द/संगीत तथा सङ्कलन गरेको गीतमा सम्भोज मल्ल, ध्रुव जिसी, प्रकाश दुतराज, विष्णु रिजाल, शान्ता बर्देवा र बसन्ती थापाको स्वर रहेको छ । गीतलाई अर्जुन थापाले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा म्याग्दीका विभिन्न सुन्दर स्थानहरूलाई कैद गरिएको छ । युट्युबमा सार्वजनिक भिडियोमा सुनिल बानियाँ, विविदजंग थापा, जीवन कार्की, नवीन बानियाँ, निर्देश चोखललगायतका कलाकारको अभिनय रहेको छ ।