विवाहको  महिना मङ्सिरलाई मध्य नजर राख्दै गीतकार विनीता खनालले विवाह सम्बन्धी गीति एल्बम ‘लगनगाँठो’ सार्वजनिक गरेकी छन् ।   । सार्वजनिक गरिएको ‘लगनगाँठो’ नामक एल्बममा पाँच गीत समावेश छन् । ‘आयो है आयो’ (मेहेन्दी गीत), ‘धुतुरी धुतुरी बाजा बजाई’ (जन्ती गीत), ‘दौरा सुरुवाल चिटिक्कै' (रत्यौली गीत), ‘बिदाइ गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र ‘छमछम पाउजु’ (रिसेप्सन गीत) रहेका छन् । ‘लगनगाँठो’ एल्बममा समावेश गीतमा किरण कँडेलको एकल संगीत छ । ‘आयो है आयो’ गीतमा प्रविशा अधिकारी, ‘धुतुरी धुतुरी बजा बजाई’ मा मेलिना राई र श्रीवास्तव खरेल,  ‘दौरा सुरुवाल चिटिक्कै’ मा मिना निरौला, ‘बिदाइ गर्न छोरी तिमीलाई’ मा वानिका प्रधान र ‘छमछम पाउजु’ मा निकिता थापा र प्रताप दासले स्वर भरेका छन् । एल्बमका दुई गीत 'आयो है आयो' र 'धुतुरी धुतुरी'भने सार्वजनिक भैसकेको छ l पाँचवटै विवाहका गीतको भिडियोमा विजु पार्की र रेश्मा घिमिरे दुलहा-दुलहीको भूमिकामा छन् । अभिषेक श्रेष्ठ, गरिमा शर्मा, शर्मिला मल्ल, शिशिर राणा, सम्झना बुढाथोकी, रश्मी भट्ट, हेमन्त गौतम, दिभास्ना त्वानको पनि भिडियोमा अभिनय छ । गीतको भिडियोका छायाँकार उत्सव दाहाल र उत्तम हुमागाईँ हुन् । भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

 

 

दिपेन गौतम माइकल प्रोडक्सन डिजाइनर र सन्तोष कार्की प्रोडक्सन म्यानेजर रहेको भिडियोका असिस्टेन्ट डाइरेक्टर साइव्रत आचार्य हुन् । त्यस्तै, भिडियोकी क्रियटिभ डाइरेक्टरको रुपमा जया शर्मा छिन् । दीपेन्द्र तिमल्सिनाले ‘रत्यौली’, सुरेन्द्र बसेलले ‘मेहेन्दी र रिसेप्सन’ र सुवोल थापाले ‘जन्ती’ गीतको भिडियोमा कोरियोग्राफी गरेका छन् । गीतको भिडियो आकर्षक सेटअपमा खिचिएको छ ।
निर्देशक सुव्रत राज आचार्यको निर्देशन रहेको गीतको भिडियोलाई ८, ९, ११ र १२ गते ओ.एस.आर डिजिटल च्यानल मार्फत सार्वजनिक गरीने छ l