गायिका गंगा देवी महर्जनको 'न आशा भो ' बोलको गीत सार्वजनिक भएको छ l वसन्त बित्यास थापाको रचना रहेको गीतको निर्देशन अभिनव जोशीको रहेको छ l गीतमा अभिनेत्री सुश्मा कार्की र मोडल राजिव जंग बस्नेत फिचर्ड छन् l राजु सिंहको संगीत ,फणीन्द्र राईको एरेन्ज र मनोज रत्न शाहीको छायाङ्कन /सम्पादन भिडियोमा समावेस  रहेको छ l गीतलाई हाईलाईट्स युट्युब च्यानल बाट सार्वजनिक गरिएको छl