माघ १५ गते देखि छायांकनको तयारीमा रहेको चलचित्र ‘भाँडाकुटी’ टिम यतिबेला छायांकनको लागी लोकेशन हन्टिङमा व्यस्त छ । लोकेशन खोज्दै चलचित्रका मुख्य दुई कलाकार बेनिशा हमाल, मुकुन भुषाल , निर्देशक किरण बिक लगायतका टिम बुटवल पुगेका थिए ।चलिचत्रको सम्पुर्ण छायांकन रुपन्देही, बुटवल वरिपरि गरिने चलचित्रका निर्देशक किरण बिक बताउछन् ।

‘भाँडाकुटी’ को लोकेशन खोज्दै बेनि़शा र मुकुन ‘भाँडाकुटी’ को लोकेशन खोज्दै बेनि़शा र मुकुन

रुपन्देहीकाे मोतिपुल, बुटवलको शिद्ध बाबा, सुख्खा नगर, थारु बस्ती लगायतका केही लोकेशन तय भएको बिकले बताए । ‘भाँडाकुटी ‘ जातिय विभेदको कथामा निर्माण हुन लागेको चलचित्र हो । केहीसमय अघि काठमाडौँमा यसको औपचारिरुपमा कार्यक्रम गर्दै घोषणा गरिएको थियो । त्यस्तै लोकेशन हन्टिङको क्रममा बुटवलमा चलचित्र युनिटले पत्रकार सम्मेलन गरेर चलचित्रको बारेमा जानकारी दिएको थियो ।

‘भाँडाकुटी’ को लोकेशन खोज्दै बेनि़शा र मुकुन ‘भाँडाकुटी’ को लोकेशन खोज्दै बेनि़शा र मुकुन

त्यस्तै त्यहाँका बिभिन्न क्षेत्रमा आवद्ध बरिष्ठ व्यक्तीहरुसँग अन्तरक्रिया गरेको निर्देशक बिक बताउछन् । कोरोना महामारीको कारणले सुरक्षित रहेर सुटिङ गरिने पनि उनले बताए ।

‘भाँडाकुटी’ को लोकेशन खोज्दै बेनि़शा र मुकुन