बलिउड अभिनेत्री भुमी पेडनेकरको नयाँ चलचित्र ‘दुर्गामती’को ट्रेलर सार्वजनिक भएको छ । भुमी र अभिनेता अरशद वारसीकी मुख्य भुमिका रहेको चलचित्रको ट्रेलरमा भुमी फरक अवतारमा देखिएकी छिन् । थ्रिलरसँगै हरर जनरामा बनेको चलचित्रको ट्रेलरमा भगवानको मुर्ती चोरी भएको र बदलाको भावलाई देखाइएको छ ।