५०  दीन लगाएर छायाङ्कन गरिएको चलचित्र "परदेशी २" ले रिलिज मिति तय गरेको छ l नयाँ वर्ष २०७८ को दसैँमा चलचित्र रिलिज हुने भएको हो l चलचित्रको कथा रमेश विजीले तयार पारेका हुन् । चलचित्रमा दिलीप रायमाझी, नीर शाह, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी,  देवेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ । सुदिप कुँवर मुख्य सहायक निर्देशक रहेको ‘परदेशी–२’मा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको एक्सन, बि.बि. अनुरागीको संगीत तथा गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन छ । नारायण ईन्टरनेशनल प्रा.ली.को ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रूपमा ‘परदेशी २’ को निर्माण गरेका हुन् ।   अध्ययनका लागि बिदेसिने नेपालीहरूको विषयवस्तुलाई केन्द्रमा राखेर बनाइएको चलचित्रलाई देश सँगै विदेशमा छायाङ्कन गरिएको छ l चलचित्रलाई नारायण रायमाझीले निर्देशन गरेका हुन l