बन्दिपुरलाई लोकेसन स्थल तोकेको चलचित्र "गणपति" हिजो बाट फ्लोरमा गएको छ l अभिनेता मुकुन भुसाल र अभिनेत्री मेनुका प्रधान मुख्य भूमिका रहने चलचित्रको बन्दीपुर गाउँपालिका थारुवासीबाट छायाङ्कन सुरु गरिएको हो l सविन अधिकारीको निर्देशन कथा, पट्कथा/ संवाद रहेको  चलचित्रले भगवान् र मानिस बिच्को फरकलाई प्रस्तुत गर्ने छ l   हरिबहादुर घलेको छायांकन, विक्रम स्वाँरको कोरियोग्राफी चलचित्रमा समावेश छ ।लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीको लगानीमा निर्माण गरिएको "गणपति"मा मुकुन र मेनुकाको अलावा राजाराम पौडेल, सूर्य माला खनाल ,जयनन्द लामा लगायतका कलाकारको अभिनय रहनेछ ।