चलचित्र छ "माया छपक्कै" ट्रेन्डिङमा परेको छ l केही दीन अघि युट्युबमा सार्वजनिक गरिएको चलचित्रले ट्रेन्डिङको दोश्रो स्थान ओगटेको छ l गाउँमा राजनीतिक पृष्ठभूमिमा हुर्किएको एक पुरुष र एक युवतिको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, नायिकाद्धय केकी अधिकारी, सुपुष्पा भट्टको मुख्य भूमिका रहेको छ । हाल सम्म चलचित्रलाई दश लाख माथि दर्शकले हेरी सकेका छन् l सकारात्मक प्रतिक्रिया बटुल्दै चलचित्रको कथालाई  दर्शकले अत्यन्तै मन्पराएका छन् भने २९ हजार माथि लाइक र अठार सय डिस्लाइक चलचित्रले पाएको छ l दीपेन्द्र लामाको लेखन् तथा निर्देशन रहेको चलचित्रको निर्माता रोहित अधिकारी हुन् l