समीर आचार्य र अन्जु पन्तको आवाजमा गीत "झम्के माया" सार्वजनिक भएको छ l स्वस्तिमा खड्का र राहुल शाहलाई फिचर्ड गरिएको म्युजिक भिडियोलाई एट के मोसन्सको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो l एक नारायण भण्डारीले गीतको शब्द कोरेका छन् l आशिस अभिरलको लय सिर्जना, संगीत संयोजन साथै मिक्स मास्टरिङ्ममा गीतलाई तयार पारिएको छ l पवन सुस्लिङले भिडियो दृश्य कैद र सुप्रिम पराजुलीको सम्पादन  रहेको छ l म्युजिक भिडियोको निर्देशन र कोरीयोग्राफी राहुल शाहकै रहेको छ l