निर्देशक मिलन चाम्सले नयाँ चलचित्र  ‘गोर्खा वारियर २’ बनाउने भएका छन् । मंगलबार काठमाडौँको एक होटेलमा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्रको अफिसियल निर्माण घोषणा गरेका हुन् । चलचित्रको छायांकन यहि फागुन २३ गतेबाट सुरु हुने छ । लन्डन सिनेआईको प्रोडक्शनको प्रस्तुती र चाम्स इन्टरटेन्मेन्टका सहकार्यमा निर्माण हुन लागेको चलचित्रमा निर्देशक चाम्सनै निर्माता हुन भने सह निर्माताको रुपमा सुरेश राई र पुर्ण लिम्बु रहेका छन् । चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियल राई, भूवन सिंह राई, शिशिर वाङदेल, वुद्दि तामाङ, कविता आले, विरुप घले, सारा राई लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । गोर्खालीहरुको बहादुरी र बिरता कथालाई चलचित्रमा देखाइने निर्देशक चाम्सले जानकारी दिए ।