शिशिर राणाको निर्माण तथा निर्देशनमा बनेको चलचित्र "पोइ पर्‍यो काले"को दोस्रो सिक्वेल बन्ने भएको छ l यसै चलचित्रमा अभिनेता तथा मोडेल दिक्पाल कार्की अनुबन्धित भएका छन् l करिब छ वर्षको अन्तराल पछि कार्की ठुलो पर्दामा देखिन लागेका हुन् l कार्कीले आफू अनुबन्धित भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् l ‘मेरो जन्मदिनमा शुभकामना दिनुहुने सम्पूर्ण साथीभाइ, आफन्त र शुभचिन्तकहरूमा धन्यवाद दिँदै लामो पर्खाइपछि नयाँ चलचित्र ‘पोइ पऱ्यो काले’मा अनुबन्धित भएको जानकारी यहाँहरूमा दिन चाहन्छु,’ l यसै चलचित्रको प्रीक्वेलमा अभिनेता सौगात मल्ल , आकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा देखिएका छन् l चलचित्रको औपचारिक घोषणा भने भइसकेको छैन l