नाटक "अर्को अर्थ नलागेमा" मण्डलामा समापन भइसकेको छ l गत शनिवार बाट समापन भएको नाटक अब विराटनगरमा देखाउने भइएको हो l यही चैत १७ देखि २० गतेसम्म विराटनगरस्थित आरोहण (गुरुकुल)मा हरेक साँझ ५ बजे नाटक मञ्चन हुने जनाइएको छ । नाट्यकर्मी सुनिल पोखरेलको रूपान्तरणमा तयार पारिएको अर्को अर्थ नलागेका लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको कान्तिपुर दैनिकमा हरेक शनिवार प्रकाशन हुने स्तम्भ हो l निर्देशक सुनिल पोखरेलको परिकल्पना र संयोजन रहेको यस नाटकलाई ‘ज्ञ’का १० जना विद्यार्थीहरूले निर्देशन गरेका हुन् । उनीहरूसहित ज्ञकै अरू विद्यार्थीहरूले अभिनय गरेका छन् । सामाजिक र राजनीतिक उथलपुथललाई कलममार्फत व्यंग्यात्मक शैलीमा उतार्ने शरच्चन्द्रको लेखमा आधारित यस नाटकमा कोरोनाकाल र त्यसपछिको राजनीतिक घटनाक्रम दर्साएको छ । करिब १० वटा भिन्न–भिन्न प्रसंग समेटिएर  बनाइएको यस नाटकले  देशमा घटिरहेको पछिल्लो घटनालाई गतिलो झटारो हानेको छ।