असार २५ लाई रिलिज मिति लक गर्दै चलचित्र ‘दुष्प्रयास’को फर्स्ट लूक्स पोस्टर सार्वजनिक भएको छ l मंगलबार राजधानीमा एक कार्यक्रम आयोजित गर्दै चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो l फस्टलुकको नेकपा माओवादी स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री देव गुरुङले अनावरण गरेका हुन् l रिता देवी मुभिजद्वारा निर्माण गरिएको चलचित्रलाई दिनेश लिङ्देनको निर्देशन गरेका हुन् l साथै चलचित्रको कथा लिङ्देनकै रहेको छ lसुमित लिङ्देनको प्रस्तुति रहेको सिनेमामा जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व र ज्ञानु राईको छायांकन छ । चलचित्रमा निशा पोमु लिम्बू, सोम लामा, प्रिजन श्रेष्ठ, सुस्मिता कार्की, अजय खडका, कल्याण राई, निरु महत, देविका खड्का, प्रदीप योङहाङ, दिलीप ठकुरी, महेन्द्रकुमार राई, विवेक बेघा लिम्बु, छेवाङ लामा तथा बाल कलाकार सुदिता लिङदेनको अभिनय छ । चलचित्रमा महिला हिंसा, हत्या, अपहरणलगायतका समाजमा घटिरहेका आपराधिक गतिविधिविरुद्ध आवाज उठाइएको छ ।चलचित्रमा जानु काम्बाङ लिङ्देन र शंकर अधिकारी घायलको गीत, विकास चौधरी र राजकुमार बगरको संगीत, राजेश पायल राई, अमृता लिम्बु, दिनेश लिङ्देन र श्रेयसी चेम्जोङको स्वर रहेको छ ।