चलचित्र ‘ओभर डोज’को ट्रेलर सार्वजनिक भएको छ । अमेरिका बस्दै आएका नेपाली युवाहरूले बनाएको उक्त चलचित्रमा ड्रग र अपराधको कथा पर्दा मार्फत दर्साउन खोजिएको छ । दादा प्रोडक्सन हाउसको निर्माण रहेको ‘ओभर डोज’लाई सुमन पौडेलको निर्देशन गरेका हुन् l निर्देशक पौडेलकै कथा रहेको चलचित्रमा नेपाली कलाकार सँगै अमेरिकाकै केही कलाकारहरूले पनि अभिनय गरेका छन् l  गुसी भाईको छायाङकन रहेको यस चलचित्रलाई  साजन कार्कीले सम्पादन गरेका हुन् l चलचित्रमा सविनजंग थापा,प्रनिसराज पन्त गौरव गुरुङ, स्वामी डिले लगायतको अभिनय रहेको छ l सविन जङ थापा अभिनेत्री वर्षाको पूर्व प्रेमी हुन् l