हलिउड बहु प्रतीक्षित चलचित्र ‘फास्ट एन्ड फ्युरियस ९’ को  ट्रेलर  रिलिज भएको छ । चार मिनेट लामो ट्रेलरमा एक्सन-प्याक्ड दृश्य समावेश गरिएको छ l जस्टिन लीनको निर्देशन रहेको चलचित्रमा भीन डिजेल, जोन सेना, मिसेल रोड्रिग्युजको मुख्य भूमिका रहेको छ । केही समय अघि प्रदर्शन आउने भनिएको यस चलचित्र कोरोनाका कारण पछि हटेको थियो l साथै अब यस चलचित्र असार ११ गते (२५ जुन)मा प्रदर्शनमा आउने भएको छ l नेपाल र भारतमा एकै मितिमा प्रदर्शनमा आउने उक्त चलचित्रले शून्य रहेको हललाई भरिभराउ बनाउनेमा हल सञ्चालकहरूले आस राखेका छन् l