युवराज चौलागाईंको आवाज र लय सिर्जनामा समावेश गीत "घुरघुर" सार्वजनिक भएको छ l कौशिला खनाल कर्माचार्यको शब्दमा तयार भएको गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका हुन् l भिडियोमा गायक युवराज सँग वर्षा राउतको अभिनय रहेको छ l गीतको संगीत संयोजन रिकेश गुरुङको रहेको छ l  धिरज जङ साहाको छायाङ्कन रहेको भिडियोलाई सम्पादन र कलरिङ् गर्ने काम विकास धमलाले गरेका छन् l भिडियोलाई युवराजले आफ्नै च्यानल बाट सार्वजनिक गरेका छन् l