छोटो चलचित्र "कर्मा" युट्युबमा रिलिज भएको छ lडा.कपिल रिजालको निर्देशन रहेको चलचित्रको छायाङ्कन विदेशमा गरिएको हो l सस्पेन्स थ्रीलर कथा रहेको चलचित्रलाई निर्देशक डा.रिजालले लेखेका हुन् l चलचित्रको सम्पादन एलेक्स टाउन्ली र दीपेश' के .पिले गरेका छन् l साथै,यसको कलरीङ टम योङको रहेको छ l फौटस टालकाले खिचेको उक्त चलचित्रलाई के .आर प्रोडक्सनले निर्माण गरेको हो l चलचित्रमा स्वदेशी कलाकार सँगै विदेशी कलाकारहरुको पनि अभिनय रहेको छ l जसमा टंक धमला, डेल्ली एलेन , सपना कुमार राइ ,ज्याक मासे लगायतले काम गरेका छन् l