निर्देशक जनक पाण्डेको निर्देशनमा गायक देवराज न्यौपानेको "शराबी" बोलको गीत गजल सार्वजनिक भएको छ l राजन बी पोजेटिभको शब्द रचना रहेको गजलमा संगीत गायक न्यौपानेले भरेका छन् l राहुल विश्वकर्माको एरेन्जमा तयार पारिएको गजलको भिडियोमा रङ्गकर्मी राज न्यौपाने, दीप जङ शाही,दीपक सापकोटा , अश्मी बिक , सपना थापा, शिखा परियार, अभिषेक राणा , विजय पङगिनी र वसन्त पोख्रेल फिचर्ड छन् l रिन्कु सापकोटाको सम्पादनमा रहेको छ l भिडियोलाई विजय ताम्राकारले खिचेका हुन् l