गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘धारै नखोली’ बोलरहेको गीतको शब्द दिनेशराज पुरीले रचना गरेका हुन् l गीतमा संगीत भर्ने काम अर्जुन पोखरेलले गरेका छन् l विधान कार्कीको निर्देशन रहेको भिडियोमा कलाकार पूजा शर्मा, आँचल शर्मा र आकाश श्रेष्ठ र रोशन अधिकारीको अभिनय रहेको छ l सुरेन्द्र बस्यालको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायाँकन रहेको भिडियोमा समावेश छ l