नारीहरूको  महान् चाड आउँदै गरेको हरितालिका तिजलाई छेको पार्दै कलाकार मरिचमान श्रेष्ठ(बल्छी धुर्बे) को आवाजमा तिज गीत बजार आएको छ l 'पारी बन हरियो' बोलको गीतमा बल्छीलाई आवाजमा सपना पौडेलले साथ दिएकी छिन l सपना पौडेलको शब्द रचना र संगीत रहेको गीतको भिडियोलाई दीपेन्द्र तिमील्सिनाले कोरीयोग्राफी र निर्देशन गरेका छन् l

भिडियोको दृश्य कैद सौरभ लामा ,सम्पादन मनोज कार्कीको रहेको छ l मास्टर टिभी युट्युब च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियोमा राजु पौडेल 'मास्टर',मरीचमान श्रेष्ठ(बल्छी धुर्बे),दीपेन्द्र तिमील्सिना,अनिता बस्नेत, सविना आचार्य र सपना पौडेल फिचर्ड छन् l