शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर २’को आज कुमारी हलमा भव्य प्रिमियर गरिएको छ । प्रिमियर शोमा चलचित्र क्षेत्रका सबै जसो कलाकारको उपस्थिति रहेको छ ।चलचित्रले भोलीबाट काठमाडौँ र मोफसलमा गरी करिब ९० बढी हलमा प्रर्दशन हुनेछ ।

सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।  चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन् ।

तस्बिर :- अनुष श्रेष्ठ